बंगलादेशमा बाढीमा परी २५ जनाको मृत्यु

एजेन्सी

आइतबार, ०५ असार २०७९, १३ : ४२
बंगलादेशमा बाढीमा परी २५ जनाको मृत्यु

काठमाडौँ । विनाशकारी बाढीका कारण बङ्गलादेशमा २५ जनाको मृत्यु भएको सञ्चार माध्यमहरूले जनाएका छन् । रेडियो पाकिस्तानले देशका विभिन्न सहरहरूमा ४० लाखभन्दा बढी मानिस अलपत्र परेको बताएको छ । भारी वर्षाका कारण बुधबार (जुन १५) त्यस क्षेत्रमा बाढी आएको हो ।

बुधबार (जुन १५) उत्तर-पूर्वी क्षेत्रहरूमा भारी वर्षा र अपस्ट्रीम भारतको मेघालयमा रेकर्ड-ब्रेक हने गरी वर्षात् भएको छ । सिलहट र सुनमगञ्ज जिल्लामा बाढीको अवस्था बिग्रँदै गएको छ भने अन्य जिल्लामा पनि बाढीको जोखिम रहेको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।

डेली स्टारका अनुसार सिल्हेटका गोवाइनघाट, कम्पानिगञ्ज, कानाईघाट, जैंतियापुर, सिल्हेत सदर, जाकीगञ्ज, विश्वनाथ, गुलाबगञ्ज र बेनीबजार सबैभन्दा बढी प्रभावित क्षेत्र हुन् । त्यसैगरी हबिगञ्ज जिल्लाको अजमिरीगञ्ज, नबीगञ्ज, हबिगञ्ज सदर उपजिल्ला र हबिगञ्ज शहर शुक्रबारको बाढीले डुबानमा परेका छन् ।

आगामी दुई दिनभित्र बङ्गलादेश र भारतको उत्तरपूर्वी क्षेत्रमा बाढी तीव्र हुने अनुमान मौसमविद्हरूले गरेका छन् । आसममा १ लाख २३ हजार लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । बाढीले जिल्लाका कैयौं तटबन्ध र सडक भत्काउनुका साथै धेरै घरहरू बगाएको छ ।

जिल्लाका पश्चिम नलबारी, घोगरापार, बारभाग, नलबारी, तिहु, बनेकुची र बर्खेत्री राजस्व सर्कलमा बाढीको प्रकोप जारी छ भने २०३ गाउँ डुबानमा परेका छन् ।असम राज्य प्रकोप व्यवस्थापन प्राधिकरण (एएसडीएमए) को रिपोर्ट अनुसार विगत दुई दिनदेखि परेको मुसलधारे वर्षाले जिल्लाका धेरै नदीहरूको पानीको सतह बढ्दै गएको छ र १,८९१.८० हेक्टर बाली जमिन डुबानमा परेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा बाढीमा डुबेर दुई जनाको मृत्यु भएको जनाइएको छ ।