काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले पार्टी स्थायी कमिटि सदस्य घनश्याम भुसालले मर्यादाविपरित अभिव्यक्तिहरू सार्वजनिक गरिरहेको टिप्पणी गरेका छन् ।
बिहीवार फेसबूक मार्फत विचार राख्दै उनले भुसालले एमाले स्थायी कमिटी सदस्यको मर्यादाविपरित अभिव्यक्ति सार्वजनिक गरिरहेको बताएका हुन् ।
उनले भुसालले मर्यादाविपरित सार्वजनिक गरिरहेको अभिव्यक्तीहरू एमालेविरोधी तत्वहरूलाई खुशी पार्ने कोटीको रहेको टिप्पणी गरेका छन् । उनले भनेका छन्,‘यो उहाँको आत्मनिन्दाको विनाशकारी रवैया र ‘सत्यनाश’को तरिका हो ।’
अगाडी थपेका छन्,‘एकताको राप अलाप्दै र आफ्नो नेतृत्व विरुद्ध हवाई फायरिंग गर्दै साताव्यापी होईन्, एक वर्ष समय बिताइ सक्नुभयो, बाँकी जिवनव्यापी अभियानै संचालन गरेर चलाउन सक्नुहुन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असार २०७९, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रीको राजीनामा फासफुस गराउनलाई होइन : सूर्य थापा
गठबन्धनभित्र कहीँ समस्या भए छलफल गरेर टुङ्ग्याउनुपर्छ: सूर्य थापा
कुलिङ अफ पिरियड हेरफेरको जिम्मेवारी समितिका सभापति र सचिवले लिनुपर्छ : सूर्य थापा
माधव नेपालको पदलोलुपता अशोभनीय: सूर्य थापा
नेपालको नोटमा पृथ्वीनारायण शाहको फोटो राख्न सूर्य थापाको प्रस्ताव
भारदारकालदेखि नै नेपालमा राजनीतिक अस्थिरता छ : सूर्य थापा