काठमाडौँ । एमाले नेता तथा सांसद सूर्यबहादुर थापाले राष्ट्रपति रामचन्द्र पौडेलले अविलम्ब राष्ट्रको नाममा सम्बोधन गरेर आम नागरिकलाई आश्वस्त र विश्वस्त बनाउन आग्रह गरेका छन् ।
थापाले आज विज्ञप्ति जारी गर्दै अहिलेकै संविधान र सार्वभौम संसद्बाट नै राजनीतिक निकास दिनुपर्नेमा जोड दिएका छन् ।
‘सरकार बनाउने संसद्ले हो । यो मूलबाटो छाडेर वा बिराएर अथवा भत्काएर देशलाई सही रूपमा अघि बढाउन सम्भव हुने छैन । इतिहासमा कलंकको टीका लगाउने गल्ती कसैबाट नहोस् । यति कुरामा हरेक लोकतन्त्र पक्षधरले ध्यान दिनुपर्छ,’ उनले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ भदौ २०८२, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनमा लिपुलेकबारे कुरा उठाएर प्रधानमन्त्रीले देशभक्त नेपालीहरूको प्रतिनिधित्व गर्नुभयो: सूर्य थापा
मन्त्रीको राजीनामा फासफुस गराउनलाई होइन : सूर्य थापा
गठबन्धनभित्र कहीँ समस्या भए छलफल गरेर टुङ्ग्याउनुपर्छ: सूर्य थापा
कुलिङ अफ पिरियड हेरफेरको जिम्मेवारी समितिका सभापति र सचिवले लिनुपर्छ : सूर्य थापा
माधव नेपालको पदलोलुपता अशोभनीय: सूर्य थापा
नेपालको नोटमा पृथ्वीनारायण शाहको फोटो राख्न सूर्य थापाको प्रस्ताव