काठमाडौँ । नेकपा (एमाले) का सांसद सूर्य थापाले संघीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियड व्यवस्थामा भएको हेरफेरको जिम्मेवारी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र सचिवले लिनुपर्ने बताएका छन्।
राज्य व्यवस्था समितिबाट सर्वसम्मत पारित प्रतिवेदन प्रतिनिधिसभाबाट पास हुँदा शब्दावलीमा हेरफेर भएको पाइएपछि यो विषयमा विवाद उत्पन्न भएको छ। सांसद थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “समितिको प्रतिवेदनमा नरहेको ‘बाहेक’ शब्द छलछाम गरी घुसाउने को होरु राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र सचिवले यसको जिम्मेवारी लिनुपर्छ।” उनले यस्तो कार्य सत्य भए अत्यन्त गैरजिम्मेवार र क्षमायोग्य नहुने बताएका छन्।
थापाले समितिको सर्वसम्मत प्रतिवेदनको अंश साझेदारी गर्दै थपे, “कानुन निर्माणमा विधि र प्रक्रियाविपरीतको कुशासन हावी भएको छ। सार्वभौम संसद् र जननिर्वाचित सांसदहरूले छलफल गरी पारित गरेको कानुनमा कसले कैफियत गर्यो ? यो गम्भीर विषय हो।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ असार २०८२, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रीको राजीनामा फासफुस गराउनलाई होइन : सूर्य थापा
गठबन्धनभित्र कहीँ समस्या भए छलफल गरेर टुङ्ग्याउनुपर्छ: सूर्य थापा
माधव नेपालको पदलोलुपता अशोभनीय: सूर्य थापा
नेपालको नोटमा पृथ्वीनारायण शाहको फोटो राख्न सूर्य थापाको प्रस्ताव
भारदारकालदेखि नै नेपालमा राजनीतिक अस्थिरता छ : सूर्य थापा
शिक्षा विधेयकको प्रगतिबारे सदनलाई जानकारी गराउन माग