नेटोले जेलेन्स्कीलाई बोलायो मड्रिड शिखर सम्मेलनमा

सफल खबर संवाददाता

बुधबार, ०१ असार २०७९, १७ : ०६
नेटोले जेलेन्स्कीलाई बोलायो मड्रिड शिखर सम्मेलनमा

पश्चिमी सैन्य गठबन्धन नेटोले युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीलाई स्पेनको मड्रिडमा हुन लागेको शिखर सम्मेलनमा बोलाएको हो । 

नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले जेलेन्स्कीलाई व्यक्तिगत रूपमा उपस्थित हुन वा भर्चुअल माध्यमबाट सम्बोधन गर्न निम्तो दिइएको बताएका छन् । नेटोको आगामी शिखर सम्मेलन असार १५ र १६ गते आयोजना गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस