बोरवेलमा फसेका एक बालकलाई १०६ घण्टापछि उद्धार

सफल खबर संवाददाता

बुधबार, ०१ असार २०७९, १० : १८
बोरवेलमा फसेका एक बालकलाई १०६ घण्टापछि उद्धार

एजेन्सी । भारतको छत्तीसगढको जंजगीर–चम्पा जिल्लामा बोरवेलमा फसेका राहुललाई १०६ घण्टापछि मंगलबार राति उद्धार गरिएको हो । उद्धार गरेलगत्तै उनलाई बिलासपुरको एपोलो अस्पताल लगिएको थियो ।

गत राहुल शुक्रबार दिउँसो २ बजेतिर ६० फिट गहिरो बोरवेलमा खसेका थिए । प्रशासन, एसडीआरएफ, एनडीआरएफ र सेनाले यो अपरेशन अविरल र अथक रूपमा सम्पन्न गर्न सफल भएको हो । यस क्रममा उनले धेरै समस्याको सामना पनि गर्नु परेको थियो । यसलाई देशकै सबैभन्दा ठूलो उद्धार कार्य भनिएको छ ।

छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले उद्धार कार्यको अनुगमन गरिरहेका थिए । उनी राहुलका आफन्तसँग सम्पर्कमा थिए । मंगलबार राति उनले सामाजिक सञ्जालमार्फत उद्धार कार्य सफल भएको जानकारी दिए ।

राहुललाई बाहिर निकाल्नेबित्तिकै उद्धारकर्ताहरूले ‘भारत माताकी जय’को नारा लगाएका थिए । उद्धार टोलीलाई मानिसहरूले ताली बजाएर र पटाका पड्काएर धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस