काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगले नेता घनश्याम भुसालमाथिको कारबाही सिफारिस अनुमोदन गर्ने निर्णय गरेको छ ।
मंगलबार पार्टी कार्यालयमा बसेको आयोगको पूर्ण बैठकले यसअघि सचिवालय बैठकले गरेको कारबाही सिफारिसलाई अनुमोदन गर्ने निर्णय भएको एक सदस्यले बताए । भुसालले एक टेलिभिजन अन्तरवार्तामा स्थानीय निर्वाचनमा हालको जिम्मेदवारी अध्यक्ष केपी शर्मा ओलीले लिनुपर्ने भन्दै उनले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका थिए ।
सो अभिव्यक्ति पार्टी हितविरुद्ध भएको ठहर अनुशासन आयोगको रहेको छ । यसैबीच आयोगको बैठकले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सात वटै प्रदेशमा नेता कार्यकर्ताका लागि प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ जेठ २०७९, २० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घनश्यामको प्रतिवेदन- अपेक्षा गरेभन्दा धेरै कम मत पायौँ, कम्युनिस्ट पार्टी कमजोर अवस्थामा
निर्वाचन केन्द्रित पाँच बुँदे निर्देशनसहित भुसालद्वारा पार्टी संरचनामा आकस्मिक सर्कुलर
नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्ष घनश्याम भुसाल
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल
एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही
नेतृत्व छाड्ने सुनिश्चित गर्नुस्, एकता प्रक्रियामा आउँछौँ: घनश्याम भुसाल