काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगले नेता घनश्याम भुसालमाथिको कारबाही सिफारिस अनुमोदन गर्ने निर्णय गरेको छ ।
मंगलबार पार्टी कार्यालयमा बसेको आयोगको पूर्ण बैठकले यसअघि सचिवालय बैठकले गरेको कारबाही सिफारिसलाई अनुमोदन गर्ने निर्णय भएको एक सदस्यले बताए । भुसालले एक टेलिभिजन अन्तरवार्तामा स्थानीय निर्वाचनमा हालको जिम्मेदवारी अध्यक्ष केपी शर्मा ओलीले लिनुपर्ने भन्दै उनले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका थिए ।
सो अभिव्यक्ति पार्टी हितविरुद्ध भएको ठहर अनुशासन आयोगको रहेको छ । यसैबीच आयोगको बैठकले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सात वटै प्रदेशमा नेता कार्यकर्ताका लागि प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ जेठ २०७९, २० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्ष घनश्याम भुसाल
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल
एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही
नेतृत्व छाड्ने सुनिश्चित गर्नुस्, एकता प्रक्रियामा आउँछौँ: घनश्याम भुसाल
नेतृत्वबाट ‘प्रचण्ड’ र माधवको बिदाइ गरे माओवादीसँग एकता गर्न सकिन्छ: घनश्याम भुसाल
घनश्याम भुसालको प्रश्न- मुलुक राजनीतिक ब्ल्याक होलतर्फ गइरहेको हो ?