काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मंसिर पहिलो हप्ता प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुने बताएका छन् । बर्दियामा आयोजित पार्टीको कार्यक्रममा दाहालले सरकारमा रहेका दल र प्रमुख प्रतिपक्ष एमालेसँग पनि मंसिरमा चुनाव गर्नेबारे समझदारी बनेको बताए ।
पार्टीको कार्यक्रममा सोमबार दाहालले कार्तिक अन्तिम हप्ता वा मंसिर पहिलो हप्ता गर्ने भन्नेबारे छलफल भएको र मंसिरमा निर्वाचन गर्ने समझदारी भएको दाहालको भनाइ छ ।
अब देश प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गएको छ । गठबन्धनभित्र कुराकानी गर्दा र प्रतिपक्षको कुरा सुन्दा मंसिर पहिलो हप्ता वा कार्तिक अन्तिम साता चुनाव गर्ने भन्ने छ, उनले भने,चुनाव मंसिर पहिलो हप्ता हुने बढी सम्भावना छ ।
दाहालले एकै चरणमा निर्वाचन गर्ने कि दुई चरणमा भन्नेबारे निर्णय भइनसकेको तर एकै चरणमा चुनाव हुने सम्भावना बढी रहेको बताए ।एक चरणमा गर्ने कि दुईमा भन्ने कुरा पनि छ । स्थानीय तहको निर्वाचन एकैपटक सम्पन्न भएको अवस्थामा प्रदेश र संघको एकैचोटी गर्ने कि भन्ने छलफल छ । सुरक्षाका हिसाबले दुई चरणमा गर्ने कि भन्ने कुरा पनि आएको छ । जे भएपनि मंसिरमा नै चुनाव सम्पन्न हुन्छ,उनले भने ।
प्रतिनिधिसभा र प्रदेशसभा चुनाव शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सबैले भूमिका खेल्नुपर्ने दाहालको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० जेठ २०७९, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गरेर पार्टी पुनर्गठन सुरु गर्ने ‘प्रचण्ड’को घोषणा
राज्यका सबै संरचनामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड
रुकुम पूर्वबाट भारी मत सहित ‘प्रचण्ड’ विजयी
प्रचण्डको जित सुनिश्चित
भुमेको ४ वटा वडाको मत सार्वजनिक, प्रचण्डले एक हजार मतले लिड
शान्तिपूर्ण निर्वाचन गराएकोमा सरकारलाई प्रचण्डले दिए धन्यवाद