काठमाडौं । नेकपा (एमाले) का सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे जवाफ मागेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सत्ता घटक दलकै प्रमुख सचेतकले प्रधानमन्त्रीको अमेरिका भ्रमणमाथि प्रश्न उठाएको र त्यसबारे जवाफ माग्नु गम्भीर विषय भएको बताए ।
उनले भने–‘सत्तागठबन्धन भित्रबाट प्रधानमन्त्रीको अमेरिका भ्रमणको विरोध हुनु सत्ता गठबन्धन भित्रको असमझदारी हो भनेर बुझ्ने या यो भ्रमणसँग सम्बन्धित केही महत्वपूर्ण विषयहरु छन् ? यो विषयमा संसद अनुत्तरित हुनुहुँदैन भन्ने लाग्छ ।’
उनले अमेरिका भ्रमणबारे प्रधानमन्त्रीले अविलम्ब सदनलाई जानकारी गराउन माग गरे । उनले प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे प्रमुख प्रतिपक्षी दल बेखबर रहेको बताए । उनले महत्वपूर्ण विषयमा प्रमुख प्रतिपक्षी दलसँग छलफल गर्ने, सुझाव लिने र राष्ट्रिय सहमतिको विषय बनाउने कुरा अहिलेको सरकारले छोड्दै गएको बताए ।
उनले भने–‘त्यो भ्रमण कस्तो हो, राजकीय हो कि आधिकारिक हो कि राजकीय हो कि कुनै अफिसियल वा कुनै व्यपारिक हो कि ? त्यसबारे हामीलाई जानकारी नै छैन् । छलफलका विषय के हुन्, समझदारी के हुँदैछन्, यसबारेमा प्रमुख प्रतिपक्षी दल विल्कुल बेखबर छ । म यो विषय संसदमा रेकर्ड गराउन चाहन्छु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ जेठ २०७९, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेमा फरक मत दबाउने प्रयास : पूर्वराष्ट्रपति भण्डारी पक्षधर कार्यकर्तामाथि धमाधम कारबाही
कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक सुरु
एमाले विधान महाधिवेशनको तयारीका लागि जिम्मेवारी बाँडफाँड
एमाले बागमती संसदीय दलको बैठक बस्दै
मधेस प्रदेशमा एमालेलाई वडा अधिवेशन गर्नै मुश्किल
एमालेले देखायो आफुविरुद्द लाग्ने चार विरोधी शक्ति, गोयबल्स शैलीमा कुप्रचार भएको आरोप