चितवन । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकको जीउधनको सुरक्षा सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्।
चितवनको कुरिनटारमा आयोजित सशस्त्र प्रहरीको विपद व्यवस्थापन शिक्षालयको गोताखोर तालिम समापन कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन्।
‘सरकारले नागरिकको जिउधनको सुरक्षा पहिलो प्राथमिकतामा राखेको छ। शान्ति सुरक्षा र सीमाको रक्षा, विपदबाट बचाउनु प्राथमिकतामा छ। यो वर्ष गत वर्षभन्दा बढी वर्षा हुने आँकलन छ। त्यसबाट हुने क्षतिप्रति सबै सजग हुन आवश्यक छ।’
कार्यक्रममा बोल्दै उनले खाँणले नेपालमै योग्य गोताखोर हुनु खुसीको कुरा भएको बताए। यसअघि बंगलादेशबाट गोताखोर ल्याउनु पर्ने अवस्था रहेकोमा अब देशमै गोताखोर हुनु खुसीको कुरा भएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ जेठ २०७९, १८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव