काठमाडौँ । करिब दुई महिनाअघिदेखि पोर्चुगलमा बेपत्ता भएका नेपाली युवाकोे शव समुद्रमा भेटिएको छ । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२ का ३० वर्षीय सुजन सिलवालको शव समुद्रमा भेटिएको हो । सिलवालको शव करिब दुई महिनाअघि समुद्रमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए ।
उनको शव बेपत्ता भएको भोलिपल्टै अर्थात् गत अप्रिल १६ मै प्रहरीले समुद्रमा भेटेकोे भए पनि शवको पहिचान भने बिहीबारमात्रै खुलेपछि प्रहरीले खबर गरेको अधिकारीले बताए । प्रहरीले दिएको जानकारीअनुसार सिलवालको शव राजधानी लिस्बन नजिकै पर्ने पासो डि आर्कोसस्थित समुद्रमा डुबेको अवस्थामा भेटिएको अधिकारीले बताए । उनको शव कासकाइसस्थित अस्पतलाको शवगृहमा राखिएको छ ।
सो घटनाका विषयमा उनको परिवारलाई जानकारी गराइएको र परिवारले शव नेपाल पठाइदिन आग्रह गरेको अधिकारीले बताए । बेपत्ता भएका सिलवालको खोजीकार्यका लागि सङ्घले यहाँको प्रहरी प्रशासनलाई खबर गर्नुका साथै ठाउँठाउँमा उनको फोटोसहितको पोस्टरसमेत टाँसेकोे थियो । सिलवाल वैदेशिक रोजगारीको सिलसिलामा सात वर्षअघि पोर्चुगल आएका थिए । गत अप्रिल ११ मा नेपालबाट पोर्चुगल फर्केका उनी अप्रिल १५ दिउँसोदेखि सम्पर्कविहीन भएका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २८ जेठ २०७९, १८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालीको हकहितका लागि पोर्चुगलमा दूतावास खोलिएको हो : मन्त्री साउद
पोर्चुगलका प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
पोर्चुगलमा नेपाली दूतावास स्थापना गरिने
रोनाल्डोविहीन पोर्चुगलले लक्जेम्बर्गलाई गर्यो ९ गोल
पोर्चुगलमा पासपोर्ट शिविरबाट ५ करोड राजस्व संकलन, २३ सय नेपालीले दिए आवेदन
पोर्चुगलको समुद्री किनारबाट एक नेपाली बेपत्ता