श्रीलङ्कालाई मल किन्न भारतले दियो पाँच करोड पचास लाख डलर

एजेन्सी

शनिबार, २८ जेठ २०७९, १७ : ०८
श्रीलङ्कालाई  मल किन्न भारतले दियो पाँच करोड पचास लाख डलर

कोलम्बो । चरम आर्थिक सङ्कट सामना गरिरहेको श्रीलङ्कलाई भारत सरकारले युरिया मल खरिदका लागि पाँच करोड ५० लाख अमेरिकी डलर ऋण प्रदान गरेको छ । 

प्रधानमन्त्री रनिल विक्रमसिङ्घे, कृषिमन्त्री महिन्दा अमरावीर, श्रीलङ्काका लागि भारका उच्चायुक्त गोपाल वाग्ले र दुवै देशका उच्च अधिकारीहरूको उपस्थितिमा शुक्रबार यहाँ ऋणसम्बन्धी समझदारीपत्रमा श्रीलङ्का सरकार र भारतीय एक्जिम ब्याङ्कबीच हस्ताक्षर भएको हो । 

धान रोपाइँको अहिलेको याममा मल खरिद सुनिश्चित गर्न समयमै आपूर्ति व्यवस्था मिलाउन दुवै पक्षले द्रुत गतिमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हस्ताक्षर समारोहमा प्रधानमन्त्री विक्रमसिङ्घेले भारतको ‘छिमेक पहिले’ नीतिअनुसार प्राप्त ऋण सहयोगप्रति कृतज्ञता व्यक्त गरेका छन् । -एएनआई