काठमाडौं । गुल्मीमा जेसिबी दुर्घटना चालकको मृत्यु भएको छ । ज्यान गुमाउनेमा दाङ घर भइ शान्तिनगर गाउँपालिका-१ खिलतपुर बस्ने करिब ३३ वर्षीय चालक यज्ञ वली रहेका छन् ।
बिहीबार राति करिब ९ बजेतिर गुल्मीको छत्रकोट-२ पल्लीकोटको रातापानी भन्ने ठाउँमा लु१क ४७७१ नम्बरको जेसिबी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
जेसिबी राति छत्रकोटको रातापानी भन्ने स्थानबाट लुम्छातर्फ आउने क्रममा दुर्घटनामा परेको हो । दुर्घटना राति भएकाले स्थानीयले शुक्रबार बिहान ९ बजेतिर देखेर प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ जेठ २०७९, १८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते