काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका छन।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञसाको जवाफ दिने क्रममा खनालले पार्टीको तर्फबाट मन्त्री हेरफेर गर्ने निर्णय अझै कार्यान्वयन नभएकोमा आपत्ति जनाउँदै तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री देउवालाई दबाब दिएका हुन ।
आफ्नो पार्टीले मन्त्रीहरुलाई हेरफेर गर्ने निर्णय गरिसकेकाले गठबन्धन सरकारले त्यसलाई तुरुन्त कार्यान्वयन गर्नुको विकल्प नरहेको उनले बताए । नेता खनालले कमसेकम मुलुकको अग्रगमन हुने गरी आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराए। उनले बजेट बाँडफाँडका विषयमा कतिपय कुराहरु नमिलेको उल्लेख गर्दै त्यसलाई मिलाउन पनि सरकारसँग माग गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ जेठ २०७९, १६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता
पार्टी एकता सभामा सामेल भए झलनाथ खनाल
झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै
एमालेमा फर्कन आपत्ति छैन: झलनाथ खनाल