क्यालिफोर्नियामा सैनिक विमान दुर्घटना: पेन्टागन

एजेन्सी

विहीबार, २६ जेठ २०७९, १२ : ०५
क्यालिफोर्नियामा सैनिक विमान दुर्घटना: पेन्टागन

वाशिङ्गटन । भि-२२ ओस्प्रे (सैनिक) विमान बुधबार दक्षिणी क्यालिफोर्नियामा दुर्घटनाग्रस्त भएको मरिन कोर्प्सका प्रवक्ताले स्पुतनिकलाई बताएका छन् । उक्त विमानमा कुनै आणविक सामग्री  भने नभएको बताइएको छ । 

प्रवक्ताका अनुसार दुर्घटनामा कुनै हताहतीको पुष्टि भने भएको छैन ।  यद्यपि स्थानीय समाचार माध्यमहरूले मरिन कोर्प्स विमानमा सवार कम्तीमा चार जनाको मृत्यु भएको बताएका छन्। "म ग्लेमिस क्यालिफोर्नियामा भि-२२ ओस्प्रे दुर्घटना भएको पुष्टि गर्न सक्छु ।  विमानमा कुनै आणविक सामग्री भने थिएन। हामीसँग कुनै थप जानकारी छैन," प्रवक्ताले बुधबार सो कुरा बताएको भनी समाचार माध्यमले उल्लेख गरेका छन् ।

क्यालिफोर्नियाको स्यान डिएगोबाट बाहिर रहेको तेस्रो मरिन एयरक्राफ्ट विङको एउटा विमान मेक्सिकोको सीमाबाट करिब ३० माइल उत्तरमा राजमार्ग ७८ र ग्लामिस शहर नजिकै दुर्घटनाग्रस्त भएको, नौसेना वायु सेवा सुविधा एल सेन्ट्रोले  समेत आफ्नो फेसबुक पेजमा पुष्टि गरेको स्पुतनिकले  जनाएको छ । 

घटनास्थलबाट प्रतिक्रियाकर्ताको रेडियो कलले  सो विमानमा आणविक सामग्री भएको सङ्केत गरेको थियो तर मरिन कोर्प्सले पछि प्रतिक्रिया दिँदै सो अनुमानलाई खारेज गरेको विज्ञप्तिमा जनाइएको छ । (एएनआई)

प्रतिक्रिया दिनुहोस