सुर्खेत । जिल्ला समन्वय समिति (जिसस) दैलेखको निर्वाचन विवादित भएको छ । विवादित बन्नुको कारण जिसस प्रमुखमा प्रमुख र एक सदस्यमा बागी उम्मेदवारी पर्नु हो ।
जिसस दैलेखको प्रमुख पदमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ । बागी उम्मेदवारी खारेजको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।
जसका कारण आज जेठ २६ गते हुने भनिएको मतदानसमेत अन्योलमा परेको छ । कांग्रेसको आधिकारिक उम्मेदवार दुर्गाकुमारी श्रेष्ठ हुन् भने बागी उम्मेवदार नमराज शाही हुन् ।
श्रेष्ठले शाहीको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दिएकी छिन् । जिससको निर्वाचन निर्देशिका २०७४ को दफा १८ मा कुनै एक दलबाट निर्वाचित व्यक्ति अर्को दलबाट जिसस प्रमुख, उपप्रमुख वा सदस्य पदमा उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ जेठ २०७९, ०९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
आज काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
कांग्रेसमा कार्यवाहक सभापतिले किन बोलाए गुट भेला ?
मतदाता नामावलीमा सूचीकृत हुने अभियानमा क्रियाशील हुन काँग्रेसको परिपत्र
कांग्रेस केन्द्रीय समिति बैठक : आज पनि नेताहरुले धारणा राख्ने
फागुन २१ को चुनाव वैशाखमा सार्न काँग्रेस बैठकमा प्रस्ताव