चितवन । भरतपुर महानगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ । पाँच महिला सदस्य र तीन अल्पसंख्यक तथा दलित सदस्य गरी जम्मा आठजना नगर कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा पाँचदलीय गठबन्धनका सबै उमेदवार विजयी भएका छन् ।
महिला सदस्यमा नेपाली कांग्रेसकी सिर्जना अधिकारी, नर्वदा सापकोटा, सुकमाया परियार, शारदा पोख्रेल र माओवादी केन्द्रकी विना नेपाली निर्वाचित भए ।अल्पसंख्यक र दलिततर्फ कांग्रेसका गोपाल दराई, माओवादी केन्द्रका विष्णुबहादुर भुजेल र एकीकृत समाजवादीकी कोपिला उपरकोटी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले जानकारी दिए । नगर कार्यपालिकाको निर्वाचनमा एमालेका कुनै पनि उमेदवार निर्वाचत हुन सकेनन् ।
गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा १४७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए।जसमध्ये नेपाली कांग्रेसबाट ७७, एमालेबाट ५०, माओवादी केन्द्रबाट १०, एकीकृत समाजवादी पार्टीबाट ५, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ४ र एकजना स्वतन्त्रबाट निर्वाचित भएका थिए। तिनै जनप्रतिनिधिले मंगलबार नगर कार्यपालिकाको निर्वाचनमा मतदान गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ जेठ २०७९, १६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान