एजेन्सी । कोरियाली प्रायद्वीपमा बढ्दो तनावका बीच दक्षिण कोरिया र अमेरिकी सेनाले मङ्गलबार दक्षिण कोरियाको पश्चिमी समुद्रमा २० वटा लडाकु विमान उडाएका छन् । उत्तरकोरियाले आफ्नो आणविक परीक्षणलाई अगाडि बढाएमा कडा जवाफ दिने चेतावनी एकजना वरिष्ठ अमेरिकी अधिकारीले दिएका छन् ।
दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले हवाई प्रदर्शनीमा १६ दक्षिणकोरियाली विमान र एफ ३५ए स्टिल्थ लडाकुसहित चार अमेरिकी एफ १६ लडाकू जेट समावेश गरिएका बताएका छन् । उत्तर कोरियाको उत्तेजनाको जवाफ दिन आफ्नो पनि सैन्य क्षमता प्रदर्शन गरिएको हो । आजको प्रदर्शनी उडान उत्तरकोरियाले गतसाता गरेको क्षेप्यास्त्र प्रदर्शनको प्रत्युत्तर हो ।
उत्तरकोरियाले चाँडै नै शाक्ति बढाउन सक्ने अमेरिकी र दक्षिण कोरियाली अधिकारीहरू बताएका छन् । उत्तरपूर्वी शहर पुन्ग्गे–रीमा रहेको आणविक परीक्षण मैदानमा अर्को परीक्षण गर्न प्योङयाङ तयार रहेको छ । सन् २०१७ को सेप्टेम्बरमा उसले अन्तरमहाद्वीपीय क्षेप्यास्त्रका लागि डिजाइन गरिएको थर्मोन्यूक्लियर बम विस्फोट गरेको दाबी गरेको थियो ।
उत्तरकोरियाले लामो समयदेखि अमेरिका र कोरियाको संयुक्त सैन्य अभ्यासलाई आक्रमणको पूर्वाभ्यासको रूपमा निन्दा गरेको छ । उत्तर कोरियाको पछिल्लो प्रक्षेपण पछि संयुक्त राज्य अमेरिकाले जापान र दक्षिण कोरियासँग स्परेट संयुक्त मिसाइल अभ्यासहरू सञ्चालन गरेको छ ।
वासिङटन र प्योङयाङबीचको आणविक वार्ता उत्तरको निःशस्त्रीकरणका कदमका लागि अमेरिकी नेतृत्वमा लगाइएका कडा प्रतिबन्धको फुकुवामा असहमति हुँदा सन् २०१९ देखि अवरुद्ध भएको छ । राष्ट्रपति किमले आर्थिक समस्याका बावजुद आफ्नो परीक्षण गतिविधिलाई बढाएका छन् । उनले अमेरिकासमक्ष आत्मसमर्पण नगर्ने अडान त्यागेका छैनन् ।
उत्तरकोरियाली सरकारले वार्ताका लागि बाइडेन प्रशासनले गरेको प्रस्तावलाई लचिलो भएर स्वीकार गरेको छैनभने निष्क्रिय निःशस्त्रीकरण वार्तालाई पारस्परिक हतियार घटाउने प्रक्रियामा रूपान्तरण गर्ने स्पष्ट रूपमा मनसाय नराखेको जानकारहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २४ जेठ २०७९, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरान-अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण आइतबार ओमानमा हुने
भारत र पाकिस्तानलाई आक्रमण बन्द गर्न अमेरिकाको अपिल
अमेरिकामा घरमाथि प्लेन खस्यो
अमेरिकामा दादुराका आठ सय भन्दा बढी बिरामी भेटिएको पुष्टि
अमेरिकामा हजारौं नागरिकले घेरे राष्ट्रपति ट्रम्प निवास, सबै राज्यमा प्रदर्शन
सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने अमेरिकाको तयारी