मन्त्रीले गुहारे देउवा–प्रचण्ड, रोकिन बाध्य भए माधव नेपाल

पत्रपत्रिकाबाट

मंगलबार, २४ जेठ २०७९, ०७ : ३४
मन्त्रीले गुहारे देउवा–प्रचण्ड, रोकिन बाध्य भए माधव नेपाल

काठमाडौं । एकीकृत समाजवादी गठबन्धन सरकारमा सामेल छ। उक्त पार्टीबाट चार मन्त्री र एक राज्यमन्त्री छन्। उनीहरूलाई ६ महिनामा हेरफेर गर्ने भनिएको थियो। तर, आठ महिनामा फिर्ता बोलाउन खोज्दा तिनै मन्त्री पार्टीको निर्णयविरुद्ध लागे।

अर्का सत्ता साझेदार दल माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' देखि प्रधानमन्त्री शेरबहादुर देउवासम्म गुहारे। अन्ततः प्रधानमन्त्री देउवाले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालको सिफारिस अस्वीकार गरिदिएका छन्। यससँगै नेपाल गठबन्धनमा निरीह देखिएका छन्। 

नेपालले आइतबार मन्त्रीहरू प्रेमबहादुर आले (संस्कृति), रामकुमारी झाँक्री (सहरी विकास), कृष्णकुमार श्रेष्ठ (श्रम, रोजगार), विरोध खतिवडा (स्वास्थ्य) लाई फिर्ता बोलाउने निर्णय गर्दै नयाँ नाम सिफारिस गरेका थिए। जसका ठाउँमा क्रमशः जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर, भवानीप्रसाद खापुङ (स्वास्थ्य मन्त्रीमा बढुवा) र हीराचन्द्र केसी ९राज्यमन्त्री०का नाम उक्त पार्टीले पठाएको थियो।

उनीहरू सोमबार मन्त्री बन्ने तम्तयारीमा थिए। बधाई पनि खाए। तर, साँझपख निराश भए। ‘पार्टीभित्र दुई धार देखापरेको छ’, एक नेताले भने, ‘गठबन्धनभित्र पार्टी अध्यक्ष ९माधवकुमार नेपाल० कति निरीह हुनुहुँदो रहेछ भन्ने छर्लंग भएको छ।’ 

प्रधानमन्त्री देउवाले सोमबार बिहान गठबन्धनको बैठक बोलाएका थिए। उक्त बैठकमा गठबन्धन र बजेट पारित गर्न समस्या आउन सक्ने भन्दै देउवाले नेपालको प्रस्तावलाई अस्वीकार गरेका हुन्। नेपाल निरीह भएको यो पछिल्लो दृष्टान्त हो। स्थानीय चुनावमा कांग्रेस र माओवादीले मात्रै फाइदा लिएको भन्दै एकीकृत समाजवादी नेता असन्तुष्टि जनाए। त्यसअघि एमसीसी अनुमोदन गर्न नहुने भन्दै नेपालले पार्टीबाट निर्णय गराए। कार्यकर्तालाई सडकमा उतारे।

पछि नेपाल र दाहालकै समर्थनमा एमसीसी अनुमोदन भयो। त्यसपछि नेपालले आत्मसमर्पण गर्नुपरेको प्रतिक्रिया दिएका थिए। २५ फागुनको पोलिटब्युरो बैठकमा उनले गठबन्धन तोडिन सक्ने अवस्था आएको चर्चा गरेका थिए। तर, नेपालले न गठबन्धन छाड्न सक्छन, न त भूमिका नै खास देखिएको छ। 

बालुवाटारमा आइतबार बिहान देउवा र नेपालबीच मन्त्री हेरफेरका विषयमा कुराकानी भएको थियो। त्यसकै आधारमा नेपालले पार्टीको सचिवालय बैठक बसाएका थिए। तर, पार्टी निर्णयविरुद्ध आफ्नै पार्टीका मन्त्रीहरू लागे। उनीहरूले बजेट छलफल चलिरहेका बेला मन्त्रिमण्डल हेरफेर नगर्न देउवा र दाहाल गुहारेका थिए। ‘यो मन्त्री हेरफेर गर्ने उचित समय हैन। बजेट छलफल संसद्मा चलिरहेको छ। यस्तो बेला बजेटलाई नै प्रभाव पार्न सक्छ’, स्वास्थ्यमन्त्री खतिवडाले भने, ‘यसमा प्रधानमन्त्रीले गठबन्धनलाई क्षति हुने खालको निर्णय गर्न सक्नुहुन्न।’ संस्कृतिमन्त्री आलेले पार्टीले अन्य नेतालाई मौका दिन नयाँ निर्णय गरेको बताए। तर, समय नमिलेको आलेको भनाइ छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस