काठमाडौँ । सात किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार एरियाबाट प्रहरीले तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय हर गोविन्द सिंह, १९ वर्षीय समीर र २७ वर्षीय फिरोज अहमद सम्पद छन् ।
अवैध लागुऔषध गाँजाजस्तो देखिने वस्तु सात किलो २९५ ग्रामसहित शुक्रबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार हर गोविन्द र समीर एयर एसियाको उडानमार्फत थाइल्यान्डको बैंककबाट काठमाडौँ आएका थिए । तीन किलो ६४० ग्राम ‘गाँजा’सहित उनीहरू दुई जनालाई पक्राउ गरिएको हो ।
यस्तै, इन्डिगो एयरको उडानमार्फत मुम्बईबाट काठमाडौँ आएका अहमद सम्पदलाई तीन किलो ६५५ ग्राम गाँजासहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ कार्तिक २०८२, १७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु