काठमाडौँ । सात किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार एरियाबाट प्रहरीले तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय हर गोविन्द सिंह, १९ वर्षीय समीर र २७ वर्षीय फिरोज अहमद सम्पद छन् ।
अवैध लागुऔषध गाँजाजस्तो देखिने वस्तु सात किलो २९५ ग्रामसहित शुक्रबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार हर गोविन्द र समीर एयर एसियाको उडानमार्फत थाइल्यान्डको बैंककबाट काठमाडौँ आएका थिए । तीन किलो ६४० ग्राम ‘गाँजा’सहित उनीहरू दुई जनालाई पक्राउ गरिएको हो ।
यस्तै, इन्डिगो एयरको उडानमार्फत मुम्बईबाट काठमाडौँ आएका अहमद सम्पदलाई तीन किलो ६५५ ग्राम गाँजासहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ कार्तिक २०८२, १७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजामा इजरायलको आक्रमण, ११ प्यालेस्टाइनीको मृत्यु
चिसोका कारण गाजा क्षेत्रमा मानवीय संकट बढ्दो
सर्लाहीमा गाँजाखेती फडानी अभियान सञ्चालन
तीस बिघामा लगाएको गाँजा प्रहरीबाट फडानी
७५० केजी गाँजासहित दुई जना पक्राउ
गाँजासहित एक भारतीय युवक पक्राउ