काठमाडौँ । दुर्गा प्रसाईँले वार्ताका लागि समय उपलब्ध गराइदिन भन्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई पत्राचार गरेका छन् ।
प्रसाईँ आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेर प्रमुख जिल्ला अधिकारी इश्वराज पौडेलमार्फत वार्ताका लागि समय मिलाइदिन भन्दै पत्राचार गरेका हुन् । उक्त पत्र जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा पठाइसकेको छ ।
प्रसाईँले विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेसँगै गृह मन्त्रालयले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन भन्दा पनि वार्तामार्फत संवाद र छलफल गर्न आव्हान गरेको थियो । त्यसै आव्हान अनुसार प्रसाईँ आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पुगेर वार्ताका लागि पत्र पेश गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पुगेका प्रसाईँले काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले छलफल समेत गरेका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार प्रसाईँले घोषणा गरेको विभिन्न आन्दोलन तथा प्रदर्शनका विषयमा छलफल भएको छ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ कार्तिक २०८२, १८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुध्रिन तयार छु, देश छाडेर जा भने पनि रेडी : दुर्गा प्रसाईं
दुर्गा प्रसाईंलाई सरकारले बोलायो वार्तामा, सुरुमा काठमाडौं सिडिओले वार्ता गर्ने
दुर्गा प्रसाईंद्वारा बैठक आह्वान
राष्ट्रपति र संविधान दुवै निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्नुपर्छ: दुर्गा प्रसाई
‘जेनी जी’ को आन्दोलनमा मिसिने दुर्गा प्रसाईंको घोषणा
राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा