काठमाडौँ । दुर्गा प्रसाईँले वार्ताका लागि समय उपलब्ध गराइदिन भन्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई पत्राचार गरेका छन् ।
प्रसाईँ आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेर प्रमुख जिल्ला अधिकारी इश्वराज पौडेलमार्फत वार्ताका लागि समय मिलाइदिन भन्दै पत्राचार गरेका हुन् । उक्त पत्र जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा पठाइसकेको छ ।
प्रसाईँले विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेसँगै गृह मन्त्रालयले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन भन्दा पनि वार्तामार्फत संवाद र छलफल गर्न आव्हान गरेको थियो । त्यसै आव्हान अनुसार प्रसाईँ आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पुगेर वार्ताका लागि पत्र पेश गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पुगेका प्रसाईँले काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले छलफल समेत गरेका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार प्रसाईँले घोषणा गरेको विभिन्न आन्दोलन तथा प्रदर्शनका विषयमा छलफल भएको छ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ कार्तिक २०८२, १८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईं र राणाको दूत बनेर सगुन लावती भारत भ्रमणमा
दुर्गा प्रसाईंमाथि छानबिन गर्न सिफारिस
दुर्गा प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश
दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको आधार र कारण पेश गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँविरुद्ध अनुसन्धानका लागि तीन दिन म्याद थप
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ