काठमाडौं । रास्वपाकी केन्द्रीय सदस्य डा. ताेसिमा कार्कीले पार्टी पुनर्गठनकाे कुरा उठाउँदा आफूमाथि प्रहार भएकाे गुनासो गरेकी छन्। पार्टी पुनर्गठनकाे कुरा उठाउँदा सभापति रवि लामिछानेकाे विकल्प खाेजियाे भनेर प्रचार गरिएकाे उनकाे भनाइ छ।
उनलेे भनेकी छन्, ‘पार्टीलाई थप सबल सुदृढ बनाउन खोजिएको प्रयासलाई सभापति रवि लामिछाने विरुद्धको षड्यन्त्र जस्तो बनाएर भाष्य बनाउनुहुने तपाईंहरूको निरन्तर प्रहारले पूरा पार्टीलाई नै कमजोर बनाउने काम नगर्नुहोला।’
पार्टीलाई समय सापेक्षिक रूपमा मध्यममार्गी मुलधारको मुख्य राजनैतिक शक्तिको रूपमा विकास गर्दै रास्वपाले वैकल्पिक शक्ति, नागरीक समाज र जेनजी सबैलाई समेट्नका लागि पार्टीमा सांगठनिक र वैचारिक पुनःगठन पुनरवलोकन आवश्यक रहेकाे बताइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ कार्तिक २०८२, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समानुपातिक सूचीले कर्णाली, सुदूरपश्चिम र गाउँ बोल्नुपर्छ: तोसिमा कार्की
नेतृत्व ओली जस्तै घमण्डी बने पार्टीले अब्बल मान्छे गुमाउँछ : तोसिमा कार्की
बुलिङ र मिडिया ट्रायल नगरेर विशेष महाधिवेशन गर्न रास्वपा संस्थापनलाई तोसिमाको चुनौती
पार्टीप्रति प्रश्न उठ्न थालेको भन्दै तोसिमा कार्कीले राखिन् रिफर्मेसनको प्रस्ताव
स्वास्थ्यमन्त्रीज्यू उपयुक्त सल्लाह लिन सकिँदैन भने मार्ग प्रशस्त गर्नुस्: तोसिमा कार्की
पाथीभरामा केवलकार निर्माण स्थगन गरियोस् : रास्वपा