वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट

एजेन्सी

सोमबार, २३ जेठ २०७९, ०९ : ०४
वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट

एजेन्सी । वेल्स ६४ वर्षपछि पहिलोपटक विश्वकपमा छनोट भएको छ । यूईएफए छनोट अन्तर्गत आइतबार राति भएको प्लेअफ फाइनलमा युक्रेनलाई १-० गोल अन्तरले हराउँदै वेल्स कतारमा हुने फिफा विश्वकप २०२२ का लागि छनोट भएको हो ।

कार्डिफ सिटी स्टेडियममा वेल्सलाई जित दिलाउन आत्मघाती गोल निर्णायक बन्यो। खेलको ३४ औं मिनेटमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले आत्मघाती गोल गरे ।

सन् १९५८ पछि पहिलोपटक वेल्स विश्वकपमा छनोट भएको हो । सन् १९७७, १९८५ देखि १९९३ सम्म वेल्स विश्वकप छनोट नजिक पुगेर पनि अन्तिम चुनौतीमा असफल भएको थियो । 

अब वेल्सले समूह 'बी'मा रहेर विश्वकप खेल्नेछ । यस समूहमा इंग्ल्यान्ड, अमेरिका र इरान छन् ।