एजेन्सी । वेल्स ६४ वर्षपछि पहिलोपटक विश्वकपमा छनोट भएको छ । यूईएफए छनोट अन्तर्गत आइतबार राति भएको प्लेअफ फाइनलमा युक्रेनलाई १-० गोल अन्तरले हराउँदै वेल्स कतारमा हुने फिफा विश्वकप २०२२ का लागि छनोट भएको हो ।
कार्डिफ सिटी स्टेडियममा वेल्सलाई जित दिलाउन आत्मघाती गोल निर्णायक बन्यो। खेलको ३४ औं मिनेटमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले आत्मघाती गोल गरे ।
सन् १९५८ पछि पहिलोपटक वेल्स विश्वकपमा छनोट भएको हो । सन् १९७७, १९८५ देखि १९९३ सम्म वेल्स विश्वकप छनोट नजिक पुगेर पनि अन्तिम चुनौतीमा असफल भएको थियो ।
अब वेल्सले समूह 'बी'मा रहेर विश्वकप खेल्नेछ । यस समूहमा इंग्ल्यान्ड, अमेरिका र इरान छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २३ जेठ २०७९, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
न्युजिल्यान्ड दोस्रो पटक विश्वकपको फाइनलमा, दक्षिण अफ्रिका पराजित
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बन्यो इंग्ल्यान्ड
विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै
विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध भारत ७६ रनले पराजित