काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रच्ण्डले आगामी संघीय तथा प्रदेशसभा निर्वाचनमा पार्टीले युवालाई अघि सार्ने बताएका छन् ।शनिबार अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह सहित कार्यालय टीमसँग भएको छलफलमा प्रचण्डले यस्तो बताएका हुन् ।
उनले आगामी निर्वाचनसम्ममा अखिल क्रान्तिकारीलाई पहिलो नम्बरको संगठन बनाउन पनि निर्देशन दिए । उनले संगठनलाई विस्तार गरि समाजमा राजनीतिक चेतना सहितको सन्देश दिन समेत निर्देशन दिएको अखिल क्रान्तिकारीका उपाध्यक्ष जिपी मैनालीले बताए।
स्थानीय निर्वाचनमा पार्टीले राम्रो नतिजा ल्याएको भन्दै प्रचण्डले आगामी निर्वाचनका लागि युवा विद्यार्थी त्यही अनुसार अघि बढ्नुपर्ने बताएका थिए।संगठनका विविध विषयमा छलफल गर्न भएको बैठकमा माओवादीका नेता वर्षमान पुन, विद्यार्थी इन्चार्ज हितमान शाक्यलगायत सहभागी थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ जेठ २०७९, १९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’