काठमाडौं । स्कटल्यान्डलाई ३–१ ले हराउँदै युक्रेन कतार विश्वकप अन्तर्गत युरोपेली छ्नोटको प्ले अफको फाइनलमा प्रवेश गरेको छ । अब, युक्रेनले विश्कपमा स्थान बनाउन फाइनल प्ले अफमा वेल्सको सामना गर्नेछ । यो खेल आइतबार राति कार्डिफमा हुनेछ ।
स्कटल्यान्डको हाम्पडेन पार्कमा युक्रेनको जितमा एन्ड्री यार्माेलेन्को, रोमन यारेमचुक र अर्टि डोभ्यकले गोल गरे । स्कटल्यान्डका कलुम म्याकग्रेगरले एक गोल फर्काए । यो खेल गत मार्चमै हुनुपर्ने भए पनि रसियाले युक्रेनमाथि सैन्य आक्रमण गरेपछि खेल स्थगित भएको थियो ।
कतार विश्वकपका लागि हालसम्म २९ राष्ट्र छनोट भइसकेका छन् । अन्तर माहादेशीय छनोटबाट अब वेल्स र युक्रेन, अष्ट्रेलियाविरुद्ध पेरु तथा कोस्टा रिका र न्युजिल्यान्डमध्येबाट ३ राष्ट्र छनोट हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १९ जेठ २०७९, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
न्युजिल्यान्ड दोस्रो पटक विश्वकपको फाइनलमा, दक्षिण अफ्रिका पराजित
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बन्यो इंग्ल्यान्ड
विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै
विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध भारत ७६ रनले पराजित