काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह बालुवाटार पुगेका छन् । बुधबार प्रधानमन्त्री निवास पुगेर शाहले बुधबार प्रधानमन्त्री देउवासँग भेटघाट गरेका हुन् ।
भेटमा मेयरमा निर्वाचित भएकोमा शाहलाई प्रधानमन्त्री देउवाले बधाई दिएका थिए । 'शाहलाई बधाई दिँदै प्रधानमन्त्री देउवाले तपाईंले चमत्कार गर्नुभयो । म खुसी छु । पाँच वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुनेछ भन्नुभयो,' बालेनका सहयोगी कुमार व्यञ्जनकारले बालेनलाई उदृद गर्दै भने ।
काम पर्दा आफूलाई २४ घन्टा सम्झन बालेनलाई प्रधानमन्त्रीले आग्रह गरेको उनले बताए ।त्यसक्रममा मेयर शाहले महानगरको विकास निर्माणमा सहयोगका लागि पार्टी र सरकारका तर्फबाट देउवासँग सहयोग मागेका थिए । जवाफमा प्रधानमन्त्रीले महानगरले गर्ने काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताएको प्रधानमन्त्रीक प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ जेठ २०७९, १९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोयटर्सले लेख्यो : 'र्यापर बालेन अब नेपालको प्रधानमन्त्री बन्ने दौडमा'
सुदन गुरुङको प्रशंसा गर्दै बालेनले लेखे मध्यरात यस्तो स्टाटस
बालेनको भागमा ४० जना समानुपातिक उम्मेदवार
रविसँग बालेन र कुलमानको आ– आफ्नै प्रस्ताव
बालेन र डा. बाबुराम भट्टराईबीच भेटवार्ता, के भयो छलफल ?
बालेन–रवि भेटघाटको रहस्य: राजनीतिक संकेत कि औपचारिक छलफल?