पोखरामा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, १७ जेठ २०७९, १२ : १४
पोखरामा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

कास्की  । पोखरा महानगरपालिका–४ चिप्लेढुङ्गास्थित जय परियारको साननानी दोहोरी साँझभित्र जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१५ बस्ने स्याङ्जा वालिङ नगरपालिका–३ घर भएका २४ वर्षीय दिपक गुरूङ लगायत छन् । उनीहरुलाई सोमबार राती पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८४ हजार ६ सय ५० रूपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।