फरार सूचीमा देखिएपछि नवनिर्वाचित वडा सदस्य पक्राउ

सफल खबर संवाददाता

सोमबार, १६ जेठ २०७९, २० : ३८
फरार सूचीमा देखिएपछि नवनिर्वाचित वडा सदस्य पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा रहेका एक जना वडा सदस्यलाई पक्राउ गरेको छ ।शहीदनगर नगरपालिका वडा नम्बर ९ को वडा सदस्यमा हालै निर्वाचित राजेश बिराजीलाई प्रहरीले पक्राउ गरेको हो ।

कार्यपालिका सदस्य छनौट गर्नका लागि सोमबार मतदान गर्न आएको बेला बिराजीलाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार बिराजीलाई पक्रेर अन्य अनुसन्धान भइरहेको छ । बिराजी नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस