विनोद पहाडीलाई कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

सफल खबर संवाददाता

सोमबार, १६ जेठ २०७९, १३ : ५५
विनोद पहाडीलाई कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

काठमाडौं  । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०७८’ विनोद पहाडीलाई प्रदान गरिने भएको छ । 

संविधानसभा सदस्य (२०६४–६९) समेत रहेका अधिकारकर्मी एवं सञ्चारकर्मी पहाडीलाई तीन दशकदेखि सामाजिक न्यायको क्षेत्रमा गरेकोे उल्लेखनीय योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले पुरस्कृत गर्ने निर्णय गरेको हो । 

२०७९ मंसिरमा अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा आयोजना गरिने कार्यक्रममा १ लाख १० हजार पुरस्कार राशी र सम्मानपत्रसहित पहाडीलाई पुरस्कृत गरिने जनाइएको छ ।

तीन दशक लामो अधिकारको आन्दोलनमा संलग्न रहँदा पटक पटक पक्राउ परेका पहाडी डा. भिमराव अम्वेडकर अवार्डबाट समेत सम्मानित भईसकेका छन् । दलित समुदायको अधिकार र उत्थानका लागि विभिन्न संघसंस्थाहरुमा क्रियाशील पहाडीले सामाजिक न्यायको आन्दोलनका क्रममा विभिन्न अनुसन्धान÷अध्ययन कार्यमा समेत योगदान पुर्याएका छन् । 

प्रतिक्रिया दिनुहोस