मस्को । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले राष्ट्रपति भ्लादिमिर पुटिन बिरामी भएको भन्ने हल्ला निराधार भएको बताएका छन् । राष्ट्रपतिमा कुनै पनि रोगको संकेत गर्ने लक्षण नदेखिएको समेत उनले बताए ।
राष्ट्रपतिको स्वास्थ्य अवस्थालाई लिएर पश्चिमा सञ्चार माध्यमहरूमा विभिन्न टिकाटिप्पणी भइरहेका बेला विदेशमन्त्रीको स्पष्टोक्ति आएको हो । पुटिनलाई क्यान्सर र पार्किन्सन रोग लागेको ती सञ्चार माध्यमहरूले दाबी गरेका छन् ।
पुटिनको स्वास्थ्य र निजी जीवनबारे रूसमा सार्वजनिक रूपमा कहिल्यै चर्चा हुँदैन् । फ्रान्सको प्रसारण माध्यम टीएफ१ले सोधेको प्रश्नको जवाफ दिँदै रूसी शीर्ष कूटनीतिज्ञले भने, ‘मलाई लाग्दैन कि विवेकी मानिसहरूले पुटिनमा कुनै प्रकारको रोग वा रोगको लक्षण देख्न सक्छन् ।’
आगमी अक्टोबरमा ७० वर्ष टेक्न लागेका पुटिन हरेक दिन सार्वजनिक रूपमा देखा पर्ने उनले बताए । ‘तपाईं पुटिनलाई स्क्रिनमा हेर्न सक्नुहुन्छ, उनको भाषणहरू पढ्न र सुन्न सक्नुहुन्छ’ लाभरोभले भने । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १६ जेठ २०७९, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फेब्रुअरी १ सम्म किभमा आक्रमण नगर्न पुटिन सहमत
रुसी जेलमा थुनिएका फ्रान्सेली अनुसन्धानकर्ताको मुद्दाबारे ‘अध्ययन गर्ने’ पुटिनको घोषणा
युक्रेनको सन्दर्भमा हाम्रा लक्ष्य पूरा भएरै छाड्नेछन् : पुटिन
शान्ति वार्ता असफल भए थप भूमि कब्जा गर्नेे जेलेन्स्कीलाई पुटिनको चेतावनी
पुटिन भारतमाः मोदीसँग रक्षा र व्यापार वार्ता हुने
रुसको आर्थिक वृद्धिको गति सुस्त हुँदै गयो : पुटिन