काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयरलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीमा फुलेका दुई फूलको संज्ञा दिएका छन् ।
दुवै फूलरुपी मेयरलाई प्रचण्डले बधाई दिँदै काठमाडौं र धरानवासी मतदातालाई धन्यवाद ज्ञापन गरे । उनले दुवै मेयरलाई जनताको भावना र आवश्यकताहरूलाई सम्बोधन गर्ने, दलहरूलाई समदूरीमा राख्दै सबैको सहयोग जुटाउन र शक्ति केन्द्रको प्रभावमा नपर्न सुझाव पनि दिएका छन् ।
संसद्मा प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्दै प्रचण्डले दुई मेयर निर्वाचित हुनुलाई जनताले दलहरूलाई सच्चिन, कमिकजोरी सुधार्न, आत्मलोचना गर्न र उम्मेदवार छनोटमा ध्यान दिन सन्देश दिएको रूपमा बुझिनुपर्ने प्रचण्डको भनाइ छ ।
उनले स्वतन्त्र उम्मेदवारहरूको निर्वाचनले दलहरूलाई चुनौती भन्दा पनि सावधानी अपनाउनतर्फ सचेत तुल्याएको बताए ।
काठमाडौं महानगर र धरान उपमहानगरमा सत्ता गठबन्धनलगायत राजनीतिक दललाई पछि पार्दै स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । काठमाडौंको मेयरमा भारी मतान्तरका साथ स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह निर्वाचित हुँदा धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ राई विजयी भए । काठमाडौँका शाह पेशाले ‘स्ट्रक्चरल इञ्जीनियर’ हुन् भने सांगितीक क्षेत्रमा पनि परिचित छन् । साथै धरानका राई सामाजिक अभियन्ता हुन् जो लामोसमयबाट जनताकै पक्षमा आवाज उठाउँदै आएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ जेठ २०७९, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डको सुझाव : 'संविधान र संसदीय प्रक्रियाबाट निकास खोजौ'
जेनजी आन्दोलन विस्फोटक बन्नु सरकारको कुशासन र दमनको परिणाम : प्रचण्ड
चितवनमा प्रचण्डको घर जलाइयो
जेनजी युवाहरूको माग तत्काल पुरा गर्न सरकारसँग प्रचण्डको माग
प्रचण्डको पोस्टमा बालेनको कमेन्ट : 'एकादेशमा टिकटक पनि बन्द भएको थियो'
‘माओवादीप्रति जनताको आशा, भरोसा र साथ छ’: प्रचण्ड