बलेवा । बागलुङ नगरपालिका–३, बोक्सेखाल्टाको एउटा घरमा आगलागी भएको छ । गए राति विद्युत् सर्ट हुँदा बोक्सेखाल्टाका जगन्नाथ गौतमको घरमा भीषण आगलागी भएको हो । आगलागीबाट उनको घर पूर्ण नष्ट भएको छ ।
घरमा रहेका लत्ताकपडा, खाद्यान्न, नगद र सुनचाँदी समेत जलेर नष्ट भएको परिवारले जनाएको छ । रातको समयमा एक्कासि आगलागी भएपछि परिवारले भागेर ज्यान जोगाएको गौतमले बताए ।
राति ९ बजेदेखि सुरु भएको आगलागी १ बजे मात्रै नियन्त्रणमा आएको थियो । आगलागीलगत्तै प्रहरीलाई खबर गरेपछि बागलुङ नगरपालिकाको दमकल र प्रहरी तथा स्थानीयवासीको सहायतामा आगो नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।
आगलागीबाट घर पूर्ण रूपमा जलेको छ भने ग्यास सिलिन्डर पड्किँदा छिमेकका केही घरमा समेत आगो पुगेको थियो । घर जलेर भएको क्षतिको विवरण संकलन भइरहेको प्रनाउ रानाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ जेठ २०७९, १० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीबाट दुई जनाको मृत्यु, नौ घाइते
हुम्लाकाे सर्केगाडमा आगलागी, दुई जना घाइते, तीन घरमा क्षति
मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते
देशभर २२ स्थानमा आगलागीका घटना
बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति
उत्तर प्रदेशमा ट्रकसँग बस ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु, २४ घाइते, अधिकांश यात्रु नेपाली