काठमाडौं । मोरङको जहदा गाउँपालिका-२ स्थित बडकी बैरियामा श्रीमतीको हत्या गरेर भागेका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।
जेठ ६ मा ३५ वर्षीया गीता देवी राजभरको हत्या भएको थियो ।
हत्या आरोपमा उनका श्रीमान् ४३ वर्षीय दिनेश कुमार राजभरलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
घरायसी विवादमा दिनेशले फलामको रडले टाउको र कम्मरमा हिर्काएर हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
आरोपीलाई जेठ १० मा पक्राउ गरेर अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ जेठ २०७९, २१ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ