काठमाडौं । मोरङको जहदा गाउँपालिका-२ स्थित बडकी बैरियामा श्रीमतीको हत्या गरेर भागेका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।
जेठ ६ मा ३५ वर्षीया गीता देवी राजभरको हत्या भएको थियो ।
हत्या आरोपमा उनका श्रीमान् ४३ वर्षीय दिनेश कुमार राजभरलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
घरायसी विवादमा दिनेशले फलामको रडले टाउको र कम्मरमा हिर्काएर हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
आरोपीलाई जेठ १० मा पक्राउ गरेर अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ जेठ २०७९, २१ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ