काठमाडौं । सेयर बजार सूचक नेप्सेमा बुधबार दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन १४.३७ अंकले बढ्दै नेप्से २२३१.५७ अंकमा उक्लिएको हो ।
यसदिन ‘क’ वर्गका सेन्सिटिभ इन्डेक्स समेत २.४२ अंकले बढ्दै ४३५.०९ अंकमा पुगेको छ । तर समग्रमा १४ अंक माथिले नेप्से बढेको यस दिन कारोबार भने एक अर्बमा सीमित हुन पुगेको छ । अन्तिम समयसम्म २२६ कम्पनीका २६ लाख ९४ हजार ४२९ कित्ता सेयर २२ हजार भन्दा बढी पटक बजारमा किनबेच हुँदा जम्मा एक अर्ब ४ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ ।
आज १३ वटै उपसूचक धनात्मक हुँदै बजार नै हरियाली बनेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ जेठ २०७९, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोहोरो अंकले घट्यो नेप्से
कारोबारसँगै बढ्यो सेयर बजार
६.७४ अंकले बढ्यो नेप्से
सेयर बजार १.६६ अंकले घट्यो
सेयर बजार २६०६ अंकमा झर्यो
घट्यो सेयर बजार, ४ अर्ब ६६ करोडको कारोबार