बजेट नुन र अमिलो नलागेको अचार जस्तै छ : सांसद तिमिल्सिना

सफल खबर संवाददाता

आइतबार, १७ जेठ २०८३, १३ : ३०
बजेट नुन र अमिलो नलागेको अचार जस्तै छ : सांसद तिमिल्सिना

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी सांसद गोमा देवी तिमिल्सनाले सरकारले ल्याएको बजेटले नेपाली समाजलाई समग्रतामा समेट्न नसकेको टिप्पणी गरेकी छन् ।

आइतबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै उनले यस्तो टिप्पणी गरेकी हुन् ।

‘अर्थमन्त्रीज्यूबाट प्रस्तुत भएको २०८३/०८४ को बजेट उहाँहरूले अत्यन्तै मेहनतका साथ ल्याउनुभएको होला । तर हामीलाई कता कता नुन र अमिलो नलागेको अचार जस्तै महसुस भएको छ ।’

प्रतिक्रिया दिनुहोस