बारा । बारा प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। उनीहरूलाई एक हजार २०० पिस अवैध लागुऔषध इन्जेक्सन (फेनार्गन ४०० पिस, डाइजिपाम ४०० पिस र नुर्फिन ४०० पिस) सहित दुई जना पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका- १ भवानीपुर बस्ने वर्ष ४२ को निर्वान मियाँ र वडा नम्बर ६ मदर्शा टोल बस्ने वर्ष ४० को ओसी अहमद रहेका छन् ।
कलैया उपमहानगरपालिका- १० मटिअर्वामा रहेको पुरानो चौकीस्थित सडकमा भारतबाट नेपाल तर्फ आउँदै गरेको ना।८ प ७७५५ नम्बरको मोटरसाइकलमा चेकजाच गर्ने क्रममा लुकाइराखेको लागूऔषधसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीको दाबी छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ जेठ २०७९, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ
मलद्वारमा लागुऔषध लुकाएर ल्याउँदै गरेका दुई जना पक्राउ
गुल्मीमा लागुऔषधसहित एक जना पक्राउ
सीमामा उच्च सुरक्षा सतर्कता, वीरगञ्जमा लागुऔषधसहित दुई पक्राउ
लागुऔषधसहित प्रहरी जवानसहित ६ जना पक्राउ
कैलालीमा एक वर्षमा लागुऔषधसहित पक्राउ परे ७७० जना