वीरगञ्ज । प्रदेश सभा सदस्यबाट राजिनामा दिएर नगरपालिकाको मेयरमा चुनाव लडेका उमेदवार पराजित भएका छन्।
रौतहटको गढिमाइ नगरपालिकाको मेयरमा प्रदेस सभा सदस्यबाट राजिनामा दिएर लडेका शेख अब्दुल कलाम आजाद पराजित भएका हुन्।उनलाइ मेयरमा नेपाली कांग्रेसका उमेदवार श्यामप्रसाद यादवले मेयरमा ५५८ मत अन्तरले पराजित गरेका हुन्।
नगरपालिकाको मेयरमा निर्वाचित भएका यादवले ८ हजार ६३१ मत प्राप्त गरेका छन्।प्रदेश सभा सदस्यबाट राजीनामा दिएर मेयरमा पराजित भएका आजादले ८ हजार ७३ मत प्राप्त गरि दोस्रो स्थानमा चित बुझाएका छन्।
उनी रौतहटको क्षेत्र नम्बर ४ को ‘ख’बाट तत्कालीन समाजवादी पार्टी हालको जनता समाजवादी पार्टीबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।नगरपालिकाको उपमेयरमा भने जनता समाजवादी पार्टी (जसपा)की समिता यादव ६ हजार ६७१ मत ल्याएर विजयी भइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ जेठ २०७९, १० : ४६
लेखकबाट थप