भरतपुर महानगर-२४ को वडाध्यक्षमा माओवादीका गोदार निर्वाचित

सफल खबर संवाददाता

सोमबार, ०९ जेठ २०७९, ०७ : ००
भरतपुर महानगर-२४ को वडाध्यक्षमा माओवादीका गोदार निर्वाचित

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २४ को वडाध्यक्षमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेद्वार राम गोदार विजयी भएका छन्। 

उनले नेकपा एमालेका कान्छा मल्ललाई पराजित गरेका हुन्।कान्छा मल्लले यस अघि वडा नं.२४ को वडाध्यक्षमा राम गोदारलाई नै पराजित गरेका थिए ।

गोदार नेकपा (माओवादी केन्द्र) चितवन जिल्ला समन्वय समिती सदस्य तथा वाइसीएल नेपाल चितवन जिल्ला संयोजक हुन् ।

प्रतिक्रिया दिनुहोस