चितवन । भरतपुर महानगरपालिका प्रमुख पदमा सत्तारुढ गठबन्धनका उम्मेदवार रेनु दाहालको ग्रता झनै फराकिलो बन्दै गएको छ । पछिल्लो ८९ हजार ४०८ मतगणनाको परिणाम अनुसार उनले ३५ हजार ४९ मत पाएकी छिन् । उनको ७ हजार ३८८ मतको अग्रता कायम छ ।
मतगणनाको शुरुवाती चरणमा निकटतम प्रतिष्पर्धीसँग थोरै मतले मतान्तर हुँदै आएकोमा अहिले भने दाहालले फराकिलो मतान्तर बनाउन सफल भएकी छिन् ।
यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २७ हजार ६६१ मत पाएका छन् । अर्का प्रमुख पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८२३ मत पाएका छन् ।
उपप्रमुख पदमा भने नेपाली काँग्रेसका चित्रसेन अधिकारी ३७ हजार २७३ मतका साथ अग्रस्थानमा छन् । अर्का प्रतिष्पर्धी राप्रपाकी हिमला गुरुङले २१ हजार ८८३ मत पाएकी छन् ।
महानगरको वडा नम्बर १९ को जारी मतगणनामा एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् । उनल ८८४ मत प्राप्त गर्दा निकटतम प्रतिष्पर्धी काँग्रेसका उम्मेदवारले ५२८ मत प्राप्त गरेका छन् ।
त्यस्तै २० नम्बर वडाको मतगणना तर्फ काँग्रेसका उम्मेदवारले अग्रता कायम गर्न सफल भएका छन् । काँग्रेसले ३१५ मत ल्याउन सफल भएको छ भने निकटतम एमालेले १३० मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ जेठ २०७९, ०७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण
नयाँ बजेटमा १४ वटा नयाँ कार्यक्रम : डिजिटल सिटीदेखि विपद् -सुरक्षासम्मको योजना
भरतपुरको आगामी वर्षको बजेट सार्वजनिक : ५ अर्ब १९ करोडको योजना