एजेन्सी । म्यानचेस्टर सिटी बर्नमाउथसँग १–१ को बराबरीमा रोकिएपछि आर्सनलले २१ वर्षपछि इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ ।
आर्सनल सन् २००४/०५ को सिजनमा प्रिमियर लिग च्याम्पियन बनेको थियो । आर्सनल १४औँ पटक लिग च्याम्पियन बनेको हो ।
सिटीलाई लिग सम्भावना जिवितै राख्न यो खेल जित्नै पर्ने दबाब थियो । तर, बोर्नमाउथले लगातार १७औँ लिग खेलमा अपराजित यात्रा कायम राख्दै सिटीलाई रोक्यो । यससँगै बर्नमाउथले पहिलोपटक युरोपा लिगमा स्थान पनि सुरक्षित गरेको छ ।
पछिल्ला तीन सिजन दोस्रो स्थानमा सीमित भएको मिकेल आर्टेटाको टोली आर्सनलले अन्ततः ६ वर्षको उपाधि खडेरी पनि अन्त्य गरेको छ । टोलीले पछिल्लो पटक सन् २०२० मा एफए कपको उपाधि जितेको थियो ।
मंगलबार भिटालिटी रंगशालमा एली जुनियर क्रुपीले ३८औँ मिनेटमा गोल गर्दै घरेलु टोली बर्नमाउथलाई अग्रता दिलाएका थिए । इन्जुरी समयमा एर्लिङ हालान्डले सिटीका लागि बराबरी गोल फर्काएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०६ जेठ २०८३, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटीले जित्यो एफए कपको उपाधि
म्यानचेस्टर सिटीले विपक्षीको पोस्टमा गर्यो १० गोल