संविधान संशोधन बहस पत्र तयारीका लागि राजनीतिक व्यक्तित्वसँग परामर्श सुरु

सफल खबर संवाददाता

विहीबार, ०७ जेठ २०८३, १७ : ३१
संविधान संशोधन बहस पत्र तयारीका लागि राजनीतिक व्यक्तित्वसँग परामर्श सुरु

काठमाडौँ । संविधान संशोधनसम्बन्धी बहस पत्र तयार पार्न गठन गरिएको कार्यदलले विभिन्न राजनीतिक व्यक्तित्वसँग छलफल प्रक्रिया सुरु गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा रहेको कार्यदलले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुझाव संकलनका लागि परामर्श कार्यक्रम आयोजना गरेको हो।

कार्यदलले संविधान संशोधनसँग सम्बन्धित विषयमा धारणा, सुझाव तथा बहसका मुद्दाहरू संकलन गर्ने उद्देश्यसहित विभिन्न राजनीतिक व्यक्तित्वसँग संवाद थालेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस