लण्डन । बेलायतमा आयोजना हुने एक अन्तराष्ट्रिय शिक्षा सम्बन्धी सम्मेलनमा भाग लिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल लण्डन आइपुगेका छन् ।
१०७ देशका ११२ जना मन्त्रीहरुको सहभागीता रहने सो विश्व सम्मेलनमा सहभागी हुन् शिक्षा मन्त्री पौडेल सहितको टोली शनिबार साँझ लण्डन आइपुगेको हो । वर्ल्ड एजुकेशन फोरमको आयोजनामा लण्डनमा ४ दिन सम्म चल्ले सो सम्मेलनमा नेपालको प्रतिनिधिमण्डलले सहभागीता जनाउनेछ ।
मन्त्री पौडेल सहितको टोली लण्डनस्थित विमानस्थल उत्रिदा बेलायतस्थित नेपाली दूतावासकी प्रवक्ता रोशन खनालले स्वागत गरेकी थिइन् । सो सम्मेलनमा शिक्षा मन्त्रालयका सचिव यादव प्रसाद कोइराला, उपसचिव घनश्याम अर्याल समेत सहभागी हुने मन्त्रीका स्वकीय सचिव राजन पौडेलले जानकारी दिए ।
एक साता बेलायतमा रहने मन्त्री पौडेलले बेलायतस्थित नेपाली संघसंस्था तथा नेपाली समुदायसंघ समेत भेटघाट गर्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ जेठ २०७९, ०६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भाषण गर्न र रिबन काट्न नबोलाउनुहोस् : शिक्षामन्त्री पुन
शिक्षामन्त्री पुनले पत्रकारहरूलाई बोलाए केशर महल
आविष्कार केन्द्रलाई मैले बजेट छुट्याउनु अनैतिक हुन्छ : शिक्षामन्त्री पुन
शिक्षामन्त्री पुनले गरे यी ५ निर्णय : क्यान्सर उपचारमा प्रयोग हुने रेडियोधर्मी औषधि नेपालमै उत्पादन गर्ने
शिक्षामन्त्री महावीर पुनका तीन निर्देशन
तलब निकासा नगर्ने पालिका र प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी