हेटौंडा । मकवानपुर जिल्लाको इन्द्रसरोबर गाउँपालिकामा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
शनिबार साँझ भएको गाडि दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको काठमाडौं र तीन जनाको हेटौंडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले बताए ।
उनीहरूको अहिलेसम्म पहिचान खुलेको छैन । हेटौंडातर्फबाट काठमाडौं जाँदै गरेको ना४च २३१५ नम्बरको डिआई गाडी शनिबार साँझ ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ सिमखोलामा पुलको बारमा ठोक्किँएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ जेठ २०७९, २१ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु