चितवनमा आएको हावाहुरीसहितको पानीले भएको क्षतिप्रति माओवादी केन्द्र चितवनले गर्यो दुख प्रकट

सफल खबर संवाददाता

शनिबार, ०७ जेठ २०७९, १८ : २०
चितवनमा आएको हावाहुरीसहितको पानीले भएको क्षतिप्रति माओवादी केन्द्र चितवनले गर्यो दुख प्रकट

चितवन । नेकपा माओवादी केन्द्र चितवनले हिजो भरतपुरमा आएको भिषण हावाहुरी सहितको वर्षाले भएको क्षतिप्रति दुख ब्यक्त गरेको छ ।

हावाहुरीका कारण भरतपुर ११ लामा टोल निवासी ५१ वर्षिय प्रदिप कुमार लामा , गोरखा गाउँपालिका ९ घरभई हाल भरतपुर ७ निवासी २८ वर्षिया माया गुरुङ र भरतपुर ११ निवासी ४८ वर्षिय लोकनाथ न्यौपानेको निधन भएको प्रति दुख ब्यक्त गरेको हो ।

माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीद्दारा जारी विज्ञप्तिमा विपतमा परेकाहरु प्रति सहयोग गर्न राज्यलाई आग्रह गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस