काभ्रेको महाभारत गाउँपालिका अध्यक्षमा माओवादी विजयी

सफल खबर संवाददाता

शनिबार, ०७ जेठ २०७९, १० : ५०
काभ्रेको महाभारत गाउँपालिका अध्यक्षमा माओवादी विजयी

काभ्रेपलाञ्चोक ।डाँडापारिस्थित महाभारत गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका कान्छालाल जिम्बा र उपाध्यक्षमा कांग्रेसका सागर मोक्तान विजयी भएका छन्। शुक्रबार राति सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार अध्यक्ष जिम्बाले चार हजार ८९१ मत पाए। उनका प्रतिस्पर्धी नेकपा एमालेका पूर्णबहादुर वाइबाले तीन हजार १९५ मत प्राप्त गरे।

उपाध्यक्षमा मोक्तानले चार हजार १६९ मत मत प्राप्त गरिन् उनकी  निकटतम प्रतिद्वन्द्वी एमालेकी शान्ति तितुङ रानामगरले एक हजार ५३० मत प्राप्त गरिन्गाउँपालिकाको वडा नं. १ मा माओवादी केन्द्रका कान्छामान जिम्बाविजयी भएका छन्। २ मा कांग्रेसका पदमबहादुर मोक्तान र ३ मा कांग्रेसकै कार्साङ लामा निर्वाचित भएका छन्।

४ मा  माओवादी केन्द्रका विशाल मोक्तान, ६ मा माओवादी केन्द्रका रमेशकुमार लु‌गेली र ७ मा कांग्रेसका खड्गबहादुर श्रेष्ठ विजयी भए। यस्तै ८ मा माओवादी केन्द्रका टंकबहादुर आले निर्वाचित भए।वडा नं. ५ मा भने माओवादी केन्द्र र कांग्रेसका वडाध्यक्ष उम्मेदवारबीच मतगणना पुन: गर्ने विषयमा विवाद भएको छ।

प्रतिक्रिया दिनुहोस