पोखरामा ८१ हजार ७५४ मतगणना हुँदा समाजवादीका आचार्यको मत ३३ हजार १ सय

सफल खबर संवाददाता

शनिबार, ०७ जेठ २०७९, १० : ४४
पोखरामा ८१ हजार ७५४ मतगणना हुँदा समाजवादीका आचार्यको मत ३३ हजार १ सय

पोखरा ।स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।

हालसम्म ८१ हजार ७५४ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ३३ हजार १ सय मत प्राप्त गरेका छन्।त्यसैगरी, नेकपा एमालेका प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले २९ हजार ६५८ मत प्राप्त गरेका छन्।

गठबन्धनका आचार्यले ३ हजार ४४२ मतान्तरसहित अग्रता हासिल गरेका हुत्यस्तै, प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीका शङ्कर खरालले तीन हजार ५९५ मत प्राप्त गरेका छन् भने अटेरी अभियानका तर्फबाट प्रमुख पदका उम्मेदवार गनेस पौडेलले दुई हजार २७२ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ ३३ हजार ९०५ मतसहित अघि छन् भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट ३३ हजार ५७१ मतसहित उनलाई पछ्याएका छन्।उपप्रमुख पदमा राप्रपाकी रञ्जना सेनले तीन हजार ४८६ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस