स्थानीय तह निर्वाचन

दोलखाको विगु गाउँपालिका प्रमुखमा माओवादीका ओली निर्वाचित

सफल खबर संवाददाता

शनिबार, ०७ जेठ २०७९, १० : ४१
दोलखाको विगु गाउँपालिका प्रमुखमा माओवादीका ओली निर्वाचित

चरिकोट । दोलखाको विगु गाउँपालिका प्रमुखमा नेकपा माओवादी र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

गाउँपालिका प्रमुखमा गठबन्धनका तर्फबाट माओवादीका सञ्जीव ओली र उपप्रमुखमा एमालेका देविका थामी निर्वाचित भएका हुन् । पालिका प्रमुखमा चार हजार १०० मत प्राप्त गरी ओली निर्वाचित भएका हुन् । प्रमुखमा एमालेका उम्मेदवार अच्छुतम केशीले तीन हजार ९७३ मत प्राप्त गरेका छन् । 

गठबन्धनको तर्फबाट गाउँपालिका उपप्रमुखका उम्मेदवार बनेका नेपाली कांग्रेसका आङनिमा शेर्पालाई पराजित गर्दै एमालेका थामी उपप्रखुममा निर्वाचित भएका हुन् । थामीले चार हजार १३ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी शेर्पाले तीन हजार ८२६ मत प्राप्त गरेका छन् । आठ वडा रहेको विगु गाउँपालिकामा एमालेले तीन, माओवादी र कांग्रेसले दुई दुई र एक वडामा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।  

प्रतिक्रिया दिनुहोस