बेनि नगरपालिका मेयर को पहिलो ३ निर्णय

सफल खबर संवाददाता

शनिबार, ०७ जेठ २०७९, १० : ३२
बेनि नगरपालिका मेयर को पहिलो ३ निर्णय

म्याग्दी ।बेनी नगरपालिका भित्र जो गरिबीको रेखामुनी रहेकालाई निशुल्क स्वास्थ्य विमा गरिने भएको छ । बेनी नगरपालिकाका मेयर सुरत केसीले शुक्रबार पदभार ग्रहण गदैं स्वास्थ्य सेवा सम्बन्धि मौलिक हकको कार्यान्वयन गर्न र नगरबासीलाई सहज र सुलभ सेवा उपलब्ध गराउने तीन निर्णय गरेका छन्। नगरपालिकाले विपन्नलाई निःशुल्क स्वास्थ्य विमा, ७० बर्षमाथिका ज्येष्ठ नागरिकलाई घरदैलोमा पुगेर नियमित स्वास्थ्य चेकजाँच र प्रत्येक महिनाको १५ गते ४५ बर्ष माथिका नागरिकलाई नसर्ने रोगको स्क्रिनिङ क्याम्प गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्  । बेनि नगरपालिकाले विपन्न घरधुरीको पहिचान गरेका २ सय घरधुरीमा बसोबास गर्नेलाई स्वास्थ्य विमा सहितको तीनवटै निर्णय यसै महिनादेखि कार्यान्वयन हुने नगर प्रमुख केसीले बताए।

बेनि नगरपालिकाले घरदैलोमा दिने सेवाहरू विस्तार गछौं मेयर केसीले बताए। पदभारग्रहण गरिसके लगत्तै मेयर केसीले प्रत्येक हप्ताको एकदिन बेनीबजार सहित आसपासका सडक दमकलले सरसफाई गरिने र छाडा पशुचौपायाको ब्यवस्थापन गर्ने विषयमा समेत तत्काल आवश्यक तयारी गर्न समेत निर्देशन दिएका छन्। र तत्कालिन बन्दै गरेका योजना अनुरुप भयका काम हरु अनुगमन गर्ने तयारी भएको जानकारी गराए  ।

प्रतिक्रिया दिनुहोस