काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रियसभा गृहमा जारी मतगणनाको मतपरिणाम बेलाबेला जानकारी गराउने गरेको छ ।
अध्यावधिक मतपरिणाम मुख्य निर्वाचन अधिकृतको कार्यालयले भर्चुअल माध्यममार्फत बुलेटिनकै रुपमा सार्वजनिक गर्ने गर्छ । बुधबार ‘२६ औं मतपरिणाम सार्वजनिक’ गर्न आयोजित प्रेस ब्रिफिङमा सूचनादाता चिप्लिँदा केही असहज अवस्था बन्न पुग्यो ।
हालसम्म गणना भएको मतको विवरणबारे जानकारी दिन उपस्थित थिए, मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना प्रविधि सहायक गोविन्द झा । उनले मतपरिणाम गलत बाचन गरिदिएपछि गणना सुन्न उपस्थितहरु अन्योलमा देखिए ।
उनले लौरो चुनाव चिह्नमा चुनाव लडेका बालेन्द्र शाहले ८ हजार ३७ मत मात्रै पाएको भनिदिए । लगातार मेयर र उपमेयर पदको मतपरिणाम सार्वजनिक गरेपछि बिदाबादी भइसकेका उनलाई अन्तिम समयमा कसैले बालेनको १० हजार मत कम बाचन भएको भनेर भनेपछि सच्याए ।
उनले भने, ‘अघि प्रशारण भएको मेयर पदको उम्मेदवार मध्ये लौरो पदको १८ हजार ३७ हुनुपर्नेमा अन्यथा हुन गएकाले लौरोको हालसम्मको मतपरिणाम १८ हजार ३७ रहेको हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ जेठ २०७९, २१ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरबारमा बालेन र सात मुख्यमन्त्रीको गम्भीर मन्थन: तीन घण्टासम्म के भयो कुराकानी?"
टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन
बालेन शाहले लिए प्रधानमन्त्रीको शपथ
नारीको सम्मान र सशक्तीकरण नै समुन्नत समाजको जग हो : बालेन शाह
रास्वपा वरिष्ठ नेता बालेन शाहले गरे मतदान
केही नेता र बिचौलियाले भ्रम सिर्जना गरेर किसानलाई मार्ने काम भएको बालेनको दाबी