जब एकाएक बालेन शाहको कम भोट घोषणा भयो

सफल खबर संवाददाता

बुधबार, ०४ जेठ २०७९, २१ : ५६
जब एकाएक बालेन शाहको कम भोट घोषणा भयो

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रियसभा गृहमा जारी मतगणनाको मतपरिणाम बेलाबेला जानकारी गराउने गरेको छ ।

अध्यावधिक मतपरिणाम मुख्य निर्वाचन अधिकृतको कार्यालयले भर्चुअल माध्यममार्फत बुलेटिनकै रुपमा सार्वजनिक गर्ने गर्छ । बुधबार ‘२६ औं मतपरिणाम सार्वजनिक’ गर्न आयोजित प्रेस ब्रिफिङमा सूचनादाता चिप्लिँदा केही असहज अवस्था बन्न पुग्यो ।

हालसम्म गणना भएको मतको विवरणबारे जानकारी दिन उपस्थित थिए, मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना प्रविधि सहायक गोविन्द झा । उनले मतपरिणाम गलत बाचन गरिदिएपछि गणना सुन्न उपस्थितहरु अन्योलमा देखिए ।

उनले लौरो चुनाव चिह्नमा चुनाव लडेका बालेन्द्र शाहले ८ हजार ३७ मत मात्रै पाएको भनिदिए । लगातार मेयर र उपमेयर पदको मतपरिणाम सार्वजनिक गरेपछि बिदाबादी भइसकेका उनलाई अन्तिम समयमा कसैले बालेनको १० हजार मत कम बाचन भएको भनेर भनेपछि सच्याए ।

उनले भने, ‘अघि प्रशारण भएको मेयर पदको उम्मेदवार मध्ये लौरो पदको १८ हजार ३७ हुनुपर्नेमा अन्यथा हुन गएकाले लौरोको हालसम्मको मतपरिणाम १८ हजार ३७ रहेको हो ।’

प्रतिक्रिया दिनुहोस