एजेन्सी । बलात्कार र यौन दुर्व्यवहारको आरोपमा बेलायतमा कन्जरभेटिभ पार्टीका एक सांसद पक्राउ परेका छन् । सन् २००२ देखि २००९ को अवधिमा दुव्र्यवहार गरेको आरोपमा उनलाई हिरासतमा राखिएको महानगरीय प्रहरीले पुष्टि गरेको छ ।
उनको पहिचान गोप्य राखिएको छ ।
अनुसन्धान भइरहेकाले उनलाई प्रमुख सचेतकले संसदमा उपस्थित नहुन भनेका छन् । उनीमाथि सार्वजनिक कार्यालयमा विश्वासको पदको दुरुपयोगको आरोप पनि लागेको छ ।
‘सन् २००२ देखि सन् २००९ को अवधिमा गरिएको भनिएको यौन दुर्व्यवहारबारे महानगरीय प्रहरीले सन् २०२० को जनवरीमा एउटा रिपोर्ट प्राप्त गरेको थियो’, महानगरीय प्रहरी प्रवक्ताले भने ।
उनले अगाडि थपे, ‘अभद्र व्यवहार, यौन दुव्र्यवहार, बलात्कार, विश्वासको दुरुपयोग र सार्वजनिक पदकाे दुरुपयाेग गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको थियो । ’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०४ जेठ २०७९, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरिकुमार पोखरेल यौन दुर्व्यवहार कसुरमा दोषी ठहर
यौन दुर्व्यवहारमा परेकी आनन्दी सदाय आफ्नै घरमा मृत भेटिइन्
बालिका यौन दुर्व्यवहारको आरोपमा मदन राई दोषी ठहर